एमाले माधव समूहको स्थायी कमिटि बैठक बस्दै, संस्थापन समूहका निर्णयबारे छलफल हुने
प्रकाशित मिति
२०७८ असार १७ गते, बिहीबार १०:१९
काठमाडौँ : नेकपा एमालेको माधवकुमार नेपाल खेमाको स्थायी कमिटि बैठक बिहीबार बिहान ११ बजे बस्दै छ । एमाले संस्थापन समूहले बुधबार गरेका निणर्यहरुबारे समीक्षा गर्न बैठक डाकिएको केन्द्रीय सदस्य गंगा तुलाधरले जानकारी दिए । एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन माधव समूहले माग गरिरहेको छ ।
तर बुधबार बसेको संस्थापन समूहको बैठकले दशौँ महाधिवेशन आयोजक समितिलाई केन्द्रीय समितिमा रुपान्तरण गर्दै माओवादी पृष्ठभूमिका केही नेताहरुलाई स्थायी कमिटि सदस्यमा मनोनित गरेको थियो । यो निर्णयप्रति माधव समूहका नेताहरुले पार्टी अध्यक्ष केपी ओलीबाट फेरि पनि षड्यन्त्र र दाउपेचको राजनीति भएको प्रतिक्रिया जनाएका छन् ।
सर्वोच्चले पनि नमानेको अवैध कमिटिबाट गरिएका निर्णयहरु मान्न नसकिने माधव समूहका नेताहरुको भनाइ छ । उनीहरुले एकताका लागि माधव नेपालसँग वार्ता हुनुपर्ने, सोही वार्ताबाट एकताका प्रस्तावहरु तयार पार्नुपर्ने अडान लिएका बेला स्थायी कमिटि बैठक बस्न लागेको हो ।







प्रतिकृया