• 12:51 pm

मुस्कान एक, फाइदा अनेक

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०७:४५

haso mood e1624716002890

सागर गुरागाईं : मानव मस्तिष्कलाई प्रभाव पार्ने हा“सोले श्वासप्रश्वास तथा मासपेशी विशेषतः अनुहारका प्रणाली बढी सक्रिय हुन्छन् । यसले आवश्यक सकारात्मक हर्मोन निष्कासन हुन्छन् । हँ“सो एक प्रकारको एरोबिक व्यायाम हो जसले पेट र छातीका मांसपेशीलाई कसरतका साथै शरीरको अक्सिजन प्रयोग गर्ने क्षमतालाई बढाउ“छ ।


प्रायः हा“सिरहने मानिसका कोषमा सामान्यमा भन्दा बढी अक्सिजन प्रवाह हुन्छ जसले विकार वस्तु धेरै र छिटो बाहिर निस्कन्छ, मुटुको धड्कन र रक्तसञ्चार उत्तेजित भईं मांसपेशी बलियो रहन्छ । हा“सिरहने मस्तिष्कले एड्रेनालिन र कोर्टिसोलजस्ता तनाव घटाउने हर्मोन निकाल्छ, मानसिक तनावबाट पीडित हुने सम्भावना रह“दैन ।


इन्डोर्फिन, सेरोटोनिन र न्युरोट्रान्समिटरहरूले शरीरमा आनन्द र खुसी सञ्चार गर्छ । हा“सोले मानिसलाई फुर्तिलो, सिर्जनशील, सहयोगी र सह्दयी समेत बनाउ“छ । हा“सोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा सकारात्मक असर पर्ने कुरा पत्ता लगाएका छन् । हा“सोले रक्तचाप र तनाव बढाउने हर्मोन घटाउ“छ, रोगको संक्रमणस“ग लड्ने टी कोष रत्तकोषिका, गामा इन्टरफेरोन तथा विटा कोषिकाजस्ता प्रोटिन वृद्धि गराउनुका साथै शरीरबाट निस्कने प्राकृतिक दुखाइ कम गर्ने रस निकाल्छ ।


मुस्कान र हा“सो सर्वमान्य भाषा हुन्, जुन सवै भाषी, – सबै उमेरका तथा केही जनावरले समेत बुझ्न सक्छन् । – मानसिक तनाव, रिस, घमन्ड, भोक, पीर तथा चिन्तालाई कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक – औजार मुस्कान वा हा“सो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । शोकलाई मुस्कानले मिच्छ अनि मुस्कानले नै रिसलाई पनि जित्छ ।


मुस्कान भनेको जिन्दगीले जिन्दगीलाई गा“स्ने पुल हो । साहित्यले मुस्कानलाई ओछ्यान नलगाएको सुहाग भन्छ भने लेखकलाई सिर्जनाको स्रोत । मनोविज्ञानअनुसार वास्तविक हा“सो आन्तरिक अनुभूति हो र सुखमै मात्र आउ“छ । वास्तविक हा“सोले आफू मात्र होइन, अरूलाई पनि आनन्द प्रदान गर्छ ।


चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा कम गराउ“छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर हुन्छ । आमाबाबुको मुस्कानले केटाकेटीमा प्रेमाभाव र सहजता विकास हुन्छ भने हाकिमको मुस्कानले कर्मचारीको कार्यशक्ति र मनोबल बढ्छ । त्यस्तै प्रेमीप्रेमिकाको मुस्कानले अर्काको गल्ती, कमजोरी, इच्छा तथा जिद्दीलाई पगालिदिन्छ र अगाध प्रेममा नाफा गा“सिदिन्छ ।


मुस्काउ“दा अनुहारका १३ मांसपेशी प्रयोग हुन्छन् भने मुख अंध्यारो पारी झोकि“दा ६४ मांसपेशी उपयोग हुन्छन् । हा“स्दाभन्दा रिसाउ“दा वा चिन्तित हु“दा ज्यादा जोड पर्छ, धेरै मांसपेशी प्रयोग हुन्छन्, धेरै शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानिनोक्सानी पुर्याउ“छ । हा“सोले तनाव घटाउने, रक्तचाप घटाउने सकारात्मक सोचाइ, आत्मरक्षा, मस्तिष्कको कार्यशक्तिमा सुधार, प्रतिरोधात्मक क्षमता बढाउने, ह्दयलाई बचावट गर्ने, मुटुमा सुप्रभाव पार्ने, आराम तथा शान्त महसुस हुने, आफूलाई राम्रो, सफल तथा सहयोगी महसुस हुने र व्यक्तिगत एवं सामाजिक सम्बन्ध तथा भावनामा सकारात्मक प्रभाव पार्छ ।


यसबारे भारतको एम्स अस्पतालले अनुसन्धान नै गरेको छ । डिप्रेसन र दुखाइमा ध्यान हटाउन हा“सो उपचार ज्यादै उपयोग सिद्ध भएको छ । दैनिक १० पटकको ठूलो स्वरको हा“सोले व्यक्तिलाई स्वस्थ बनाउ“छ भन्ने खोज पनि आएका छन् । औषधिका रूपमा यसको प्रयोग भइरहेको छ र अनेक खोज अनुसन्धान पनि जारी छन् ।

प्रतिकृया