४० नकटेका विश्वभरीका १० सरकार प्रमुखहरु
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ०७:२३

काठमाडौं : नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेता बिमलेन्द्र निधीले आउँदो भदौमा हुने पार्टी महाधिबेशनकालागि सभापतिको आकांक्षा राखेपछि ७३ बर्षे सभापति शेरबहादुर देउवाले पचाएनन् । सधैंभरी आफूलाई सघाउँदै आएका ६४ बर्षे उपसभापति समेत रहेका निधीले यस पटक सभापतिकोलागि मौका नपाएर अर्को महाधिवेशन पर्खिनु परोभने उनको उमेर ६९ पुग्छ । र सभापति भएर कार्यकाल सकिदा ७४ बर्ष । तयसैगरी यस पटक देउवाले दोहोर्याएको खण्डमा कार्यकाल सकिदा उनी ७८ पुग्छन् । युवापुस्ता माझ लोकप्रिय ४४ बर्षे गगन थापा र ५१ बर्षे विश्वप्रकास शर्माको त मुल नेतृत्वमा उक्लने चर्चा समेत छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनको तयारी गर्दै रहेको छ । यही सेरोफेरोमा पार्टीका युवा नेता डा. धवलशम्शेर जबराले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि ६५ बर्षे अध्यक्ष कमल थापा रिसले चुर भए । अध्यक्ष घोषणा गरेकै निहुमा राणालाई पार्टीको मूख्य कमिटीवाट नै विदा दिइयो । कांग्रेस र राप्रपामा जस्तै अन्य पार्टीमा पनि नयाँ पुस्ता नेतृत्वमा आउने संभावना छैन । ६९ बर्षे एमाले अध्यक्ष केपी ओली र ६६ बर्षे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारी को हुन् ? अहिलेसम्म कसैको संभावना देखिएको छैन ।
नेपालका हरेक पार्टीहरुमा अव ७० कटेकाहरुले मात्र नेतृत्वमा जाने अवस्था आउँदैछ। थकित, रोगी र थोत्रो विचार बोकेकाहरुलाई नै नेतृत्व स्वीकार्नु पर्ने अवस्था छ। बिडम्बना, यहाँ ५० कटेका नेताहरु युवा भनिन्छन् ।
तर, संसारमा ४० बर्ष अघिनै प्रधानमन्त्री र राष्ट्रपति भएर देश दौड्याउनेहरुको लामै लिष्ट छ । यो लिष्ट नेपाली राजनीतिज्ञ, पार्टीका कार्यकर्ता र भोटर्शहरुकालागि उपयुक्त रिफ्रेन्स् हुने छ ।
बाँकी स्टोरी भिडियोमा
४० बर्षभन्दा कम उमेरका प्रधानमन्त्री वा राष्ट्रपतिहरु –
१. अष्ट्रियाका चान्र्सलर, बर्ष ३४
३४ बर्षे युवाको काँधमा छ अष्ट्रिया । सबास्ट्रियन कर्ज नाम गरेका यी चान्र्सलरको जन्म मिति सन् १९८६ अगष्ट २७ हो ।
२. फिन्ल्याण्डका प्रधानमन्त्री, बर्ष ३५
फिन्ल्याण्डकी सुन्दरी प्रधानमन्त्री सना मरिन ३५ वर्ष पुगिन् । उनी सन् २०१९ देखि त्यहाँको प्रधानमन्त्री रहेकिछन् ।
३. मालीका राष्ट्रपति, बर्ष ३७
मालीका अन्तरिम राष्ट्रपति असिमी ग्वेटा ३७ बर्षका छन् । उनको जन्म मिति १९८३ हो ।
४. उत्तर कोरियाका राष्ट्रपति, बर्ष ३८
उत्तर कोरियाका राष्ट्रपति किम जोन उन पनि ३८ बर्ष मात्र भएका छन् । उनी एक दशकदेखि त्यहाँको राष्ट्रपति रहँदै आएकाछन् ।
५. जर्जियाका प्रधानमन्त्री, बर्ष ३८
सन् १९८२ जुन २८ जन्म मिति भएका जर्जियाका प्रधानमन्त्री आइराक्लि ग्यारी भ्यास विली भर्खरै ३८ बर्ष पुगेका छन् ।
६. एल साल्भाडोर राष्ट्रपति, बर्ष ४०
एल साल्भाडोर नामक देशका राष्ट्रपति नइब बुकेले पनि ४० बर्षभन्दा कम उमेरका छन् । उनको जन्म मिति सन् १९८१ जुलाई २४ हो ।
७. न्युजिल्यान्डका प्रधानमन्त्री, बर्ष ४०
न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डनको जन्म मिति सन् १९८१ जुलाई २६ हो । उनी २०१७ देखि प्रधानमन्त्री रहेकी छन् ।
८. मंगोलियाका प्रधानमन्त्री, बर्ष ४०
मंगोलियाका प्रधानमन्त्री लुभ स्यानम स्रेन औन अर्डेन ४० बर्षका छन् । उनको जन्म मिति सन् १९८१ जुन २९ हो । उनी हालैको चुनावपछि प्रधानमन्त्री नियुक्त भएका हुन् ।
९. कोस्टारिकाका राष्ट्रपति, बर्ष ४०
कोस्टारिकाका राष्ट्रपति कार्लोस आलभारादो क्वेसादा, ४१ बर्षका छन् । १९८० का यी राष्ट्रपतिले आजभन्दा ३ बर्षअघि नै यो जिम्मेवारी सम्हालेका हुन् ।
१०. कतारका शेख, बर्ष ४०
कतारका प्रमुख तमीम बिन हमद अल थनको उमेर पनि यसैबर्ष ४० कटेको छ । उनी ८ बर्षदेखि कतारको नेतृत्वमा छन् । उनको जन्म मिति १९८० जुन ३ हो ।
नेपालमा भने जेष्ठ नागरिकहरुको हालिमुहाली छ, नेतृत्वमा । रिटायर्ड लाइफ बिताउनु पर्ने बेलामा मुलुक नै काँधमा राख्ने सौभाग्य प्राप्त छ, नेतृत्वलाई । त्यसोत जनताले पनि उनै पाका नेतालाई अनुमोदन गर्दै आएका छन् ।
प्रतिकृया