कृषि रसायनबाट प्रदुषित हुँदै पर्यावरण र जनस्वास्थ्य
प्रकाशित मिति
२०७८ असार ९ गते, बुधबार १२:५६
डा. केदार कार्की
काठमाडौँ : कृषि रसायनले हाम्रो माटो, पानी, हावा तथा सम्पूर्ण पर्यावरणलाई प्रदुषित गरेको छ । सबै भन्दा गम्भीर प्रभाव हाम्रो स्वास्थ्यमा परेको छ । यी बिषालु रसायन फलफूल, तरकारी, अन्नहरु, दालहरु, मसलाहरु, खाने तेलहरु, दुध, फुलफुल, मासु, पानी सँगै हाम्रो शरीरमा प्रवेश गरी हाम्रो स्वास्थ्यलाई नोक्सान पु¥याउँछ । सामान्यतया यो विश्वास गरिन्छ कि रसायनिक मल एवं किटनाशक प्रयोग गर्नाले उत्पादन बढाउन सकिन्छ र उत्पादन बढ्नाले किसानको नाफा पनि बढ्छ । सरकारले पनि किसानहरुलाई बैज्ञानिक तरीकाले खेती गर्न सल्लाह दिन्छ तर यो बैज्ञानिक खेतीको अर्थ मात्र रसायनीक मल र किटनाशकहरुको प्रयोग सम्म सिमित होस् ।
अमेरिकामा गरिएको अनुशन्धानबाट ज्ञात हुन्छ कि जब किटनाशक रसायनहरुलाई बोटविरुवामा, तरकारीहरु तथा फलफुलहरुमा छर्किइन्छ त्यति वेला यी रसायनहरुको ०.१% मात्रा मात्रै सहि लक्ष्य सम्म प्रभावित हुन्छन शेष ९९% रसायनहरुले पर्यावरणलाई प्रदुषित गराउन सहयोग गर्दछन् । देशमा खेतिपातीको लागि प्रति वर्ष २.५ लाख टन पेस्टी साइडको प्रयोग हुने गरेको अनुमान छ । यस प्रकार हर वर्ष १० करोड रुपियाँ खेतिपातीमा उपयोग हुने पेस्टी साइडको लागि खर्च हन्छ । आज जोखिम मात्र रसायनीक उर्वरहरु र किटनाशकहरुको बढ्दो प्रयोगबाट हैन बरु खाद्यपदार्थहरुमा जसरी मिसमासको धन्दा फलिफूलि रहेको छ यसले मानवीय स्वास्थ्यको लागि गम्भीर चुनौति जोखिम बनेको छ ।
तरकारीहरुमा बिषालु रसायनहरुको संख्या दिन प्रति दिन बढ्दो छ ।
एक आकलन अनुसार वर्तमानमा नै हामी दैनिक ०.५ मी.ली. ग्राम विष लिई राखेका छौं । परवल रंगाइएको छ, तरकारीको आकार चाँडै ठूलो पार्न त्यसमा आकसीटोसीनको इन्जेक्शन लगाइन्छ । यसको प्रयोग लहरे तरकारी लौका फर्सी, काँक्रो, धिरौलामा सबैभन्दा बढी प्रयोग गरिन्छ । जसले गर्दा तरकारीहरुको लम्बाई चौडाई चाँडै बढ्छ र किसानले बढा मुनाफा कमाउँछ नत्र तरकारी बजारमा हेर्दा चिटिक्क खाइलाग्दा फर्सी, लौका किन देखिन्थीए होला । बासी तरकारीहरुलाई मैलाथियानको झोलमा १० मिनेटसम्म डुवाएर राखिन्छ जसले गर्दा तरकारीहरु २४ घण्टा सम्मताजा रहोस् । यसको प्रयोग भिन्डी, काउली, खार्सानी, पर्वल, लौका, बन्दा, गोभीमा गरिन्छ । रसायनिक मल र किटनाशकको प्रयोगले अन्न तरकारीहरु दुध र पानी जुनमानिसको जीवनका उमुख्य आधार हुन विषाक्त बन्दै गई राखेका छन् । यस कारण मानवीय जीवन विस्तारै जोखिममा पर्दैछ ।
आजभोलि हृदयघात, महुमेह, रक्तचापएवं अन्यक्यौं प्रकारका विमारीहरु सामान्यहुँदै गई राखेका छन् । यसको एउटा ठूलो कारण यो छ कि आज हामी जे पनि खान्छौ त्यसमा रसायनिक तत्वहरुको अधिकता यति धेरै छ कि हाम्रो भोजन विष बनी सकेको छ । गहुँबालीमा रसायनिक उर्वरकहरुको प्रयोग बढ्नाले रोटीमा मनी उर्वरकहरुको अवशेष बढ्दो छ । यस कारणले गर्दा कृषि रसायन शरीरमा रगतसँगै बगी राखेको छ । यसको प्रमाण पंजावको भटिन्डा र मुक्तसर जिल्लाहरु हुन जहाँको ग्रामीणहरुको रगत परिक्षण विश्लेषण गर्दा १३ किसीमको किटनाशक पाइएको प्राज्ञिक अभिलेख पाइन्छ । हाम्रो आफ्नो परिवेशमा कृषि सामाग्री संस्थान म्याद सकिएको किटनाशकहरु अमलेखगंजमा लामो समय भण्डारण गर्दा त्यस भेगकाजन समुदायमा रगत परिक्षण विश्लेषण गर्दा किटनाशकहरुको अवशेष भेटिएको प्राज्ञिक अभिलेख भेटिन्छ । विश्व बैंक द्वारा गरिएको अध्ययनअनुसार विश्वमा २५ लाख मानिस प्रतिवर्ष किटनाशकहरुको दुष्प्रभावहरुको शिकार हुने गर्दछन् त्यस मध्ये करीब ५ लाख मानिसले मृत्यु बरण गर्दछन् ।
लामो समय सम्म यस्तो गँहुको प्रयोगले हृदयघात कलेजो सम्बन्धी बिमारीहरु हुन सक्तछ साथै पक्षघात पनि सघन रुपमा उखु लगाइएको क्षेत्रहरुमा बालिहरुमा ७ वर्षकै उमेरमा महिनावारीहरु हुने, कुखुराको बोक्रापातलो हुने हुँदा सजिलै टुट फुट हुने गर्दछन । डि.डि.टि.ले गर्दा यौनजन्य परिवर्तनका लक्षणहरु देखिन थाल्दछ । अर्थात यी रसायनले हाम्रो अनुवांशीक्ताको बाहक क्रोमोजोम्समा अवस्थित जीनहरुको संरचनामा अवान्छित परिवर्तन गराउनमा सक्षम हुन्छन । रसायनिक उर्वरक किटनाशक, ढुशीनाशक, झारपा तनाशी रसायनहरुको उपयोगको दौरान सम्पर्कमा आउनाले तीकिसानहरुको आँखा, नाक, छाला र विर्यमा पुगेर त्यसको पि.एच. कम गरेर त्यसलाई अम्लीय बनाउँछ तथा प्रति एम.एल. विर्यमा शुक्राणुहरुको संख्या७.५ करोडबाट घटेर ४.४ करोड रहन जान्छ ।
क्षतीग्रस्त शुक्राणुको संख्या पनि बढेर जान्छ । यी सब कुराले तीनको प्रजननक्षमता माथि नराम्रो प्रभाव पर्दछ । कृषि रसायनहरुको भरपुर प्रयोग गर्ने फार्ममा तथा त्यसको नजिक बसोवास गर्ने केटा केटीहरुको बौद्धिक स्तर फार्म भन्दाटाढा बसोबास गर्ने केटा केटीहरु भन्दा धेरै तल हुन्छ । वृद्धहरुमा विर्सने रोग अलजाइमरको सम्बन्धपनि कृषि रसायन सँग जोडिएको पाइएको छ । अर्थात् यी रसायन मानिसको मानसीक क्षमतालाई कम गरी राखेका छन् । हामीले आफ्नो सुरक्षा आफै गर्नु पर्ने हुन्छ । हाम्रो खेतबारीमा जैविक विविधता हुनुपर्छ अर्थात् मात्र एक किसिमको बालिन लगाएर खेतबारीमा एकै समयमा धेरै किसिमका बालिनालि लगाउनु पर्दछ । जैिबक विविधता अर्थात् मिश्रित खेतीले माटोको उत्पादन कर्ता बढाउन र किरा फट्याङ्ग्रा नियन्त्रण गर्नु दुवैमा सहायक सिद्ध हुने गर्दछन् ।
जहाँ सम्म सम्भव हुन सक्तछ हर खेतमा दलहन, कपास, धान, गहुँ जस्ता बालीहरु मिलाएर लगाउनु पर्दछ । दलहन बालीले नाइट्रोजनको आपूर्तिमा सहायक हुन्छन । एउटा बाली पनि एकै प्रजातिको नभई भिन्न भिन्न प्रजातिको लगाउनु पर्दछ । बालीनाली चक्रमा बेला बेलामा परिवर्तन गर्नु पर्दछ । एकै किसिमको बाली पटक पटक लगाउँदा माटोबाट केही तत्वक्षय हुन्छ एवं केहि विशेष किरा फट्याङ्ग्रा र झारपात उम्रिने मौका पाउँछ । किटनाशकको प्रयोग गरेर हामीबोट बिरुवा नष्ट गर्ने किरा फट्याङ्ग्रा साथी ती किरा फट्याङ्ग्रा पनि नष्ट गरेका हुन्छौ जसले हानीकारक किरा फट्याङ्ग्रा खान्छन् । यस प्रकार हामी समस्याका साथ साथै समाधालाई पनि उन्मुलन गरी राखेका हुन्छौ र किरा फट्याङ्ग्रामा ती किटनाशक प्रति प्रतिरोधक क्षमता उत्पन्न भई रहेको थियो यस बाहेक लाखौं रुपिँया किटनाशकको लागि व्ययभइरहेको थियो जुन किसानलाई लाभको रुपमा प्राप्त हुन सक्छ ।
हामी विहान देखि बेलुका सम्मको भोजन सम्म जे पनिआफ्नो शरीरमा ग्रहण गर्दछौं । त्यसको महत्व हाम्रो अस्तित्व सँग जोडिएको छ । परेशान किसान अब रसायनिक मल तथा किटनाशकको चक्रक्युबाट निस्कन चाहन्छन ताकी भुमीलाई फेरी पनि उर्वरक बनाउन सकियोस जब सम्म हामी प्राकृतिक संसाधनहरुको अविवेकपूर्ण दोहनामा बिराम लगाउँदैनौ, पर्यावरण संरक्षण तथा सम्वद्र्धनको कुरा निरर्थक हुनेछ । हामीले किसानलाई हर सम्भव सहायता दिनु पर्नेछ । जसबाट कि तिनले आफुलाई महंगो कृषि पद्धति तथा किटनाशकको चक्रबाट मुक्त गरेर सतत पोषणिय तथा स्वस्थ्य कृषिमा संलग्नहुन सकुना धर्तीमा यति क्षमता छ कि त्यसले सबैको आवश्यकतालाइृ पुरा गर्न सक्तछ तर कुनै कसैको लालचलाई पुरा गर्नमा भर्ने सक्षम छैन ।
प्रतिकृया