• १२ असोज २०८३, सोमबार
  • २ः०६ दिउँसो

कोपा अमेरिकाः अर्जेन्टिनाको दोस्रो जित, चिले र उरुग्वेको बराबरी

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार १०:१७

काठमाडौँ : कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । ब्राजिलमा जारी प्रतियोगितामा समूह ए अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा १० औँ मिनेटमा एलेहान्ड्रो डारिओ गोमेजले गरेको गोल नै निर्णायक बन्यो ।

National Life

अर्जेन्टिनाले यो जितसँगै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । बलमा नियन्त्रण, पास तथा पोस्ट प्रहारमा बलियो रहेर पनि पाराग्वेले गोल भने गर्न सकेन । अहिलेसम्म खेलेका तीन मध्ये दुई खेलमा जित दर्ता गरेको अर्जेन्टिना सात अंकसहित समूहको शीर्ष स्थानमा छ । यसअघि मंगलबार बिहानै भएको अर्को खेलमा चिले र उरुग्वेले १–१ को बराबरी खेलेका छन् । चिलेका लागि २६ औँ मिनेटमा एडुआर्डो भार्गासले गोल गरेका थिए ।


यस्तै ६६ औँ मिनेटमा लुइस स्वारेजले गोल गरि उरुग्वेलाई बराबरीको नतिजा दिलाएका हुन् । चिले पाँच अंकसहित दोस्रो तथा उरुग्वे एक अंकसहित चौथो स्थानमा छ । तेस्रो स्थानको पाराग्वेको तीन अंक छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया