नरोत्तम वैद्य विरुद्ध भक्तपुरमा प्रदर्शन
प्रकाशित मिति
२०७८ जेष्ठ २९ गते, शनिबार ०७:११
भक्तपुर : बागमतीको प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम बैद्यले माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र बनाएको अभिव्यक्ति व्यक्त गर्दै, गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु, भनेर प्रदेश सभामा खुल्लम खुल्ला बोलेर आफ्नो अराजनीतिक र गैरजिम्मेवारी पन देखाएको विषयलाई लिएर भक्तपुर जिल्लाका अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरु दबाब सहितको शान्तिपूर्ण विरोध प्रदर्शनीमा उत्रिएका छन् ।
विद्यार्थीहरुले हातमा पोस्टरहरु बोक्दै राजनेता केपी ओलीको सुरक्षाको लागि हामी वलिदान दिन तयार छौं । गाँजा र मदिराको ताले शैलिमा अभिव्यक्ति दिने नरोत्तम बैध मुर्दावाद । प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने संसदलाई फैजदारी कानुन अनुसार कार्वाहीको माग । नरोत्तम बैध तिम्रो ठाउँ बागमती संसद भवन होईन, मानसिक अस्पताल हो । उत्तेजित संसद नरोत्तम बैध, यौन उत्तेजना वढाउने भेग्रा खान बन्द गर । संयन्त्रको केन्द्र बुढानिलकण्ठ, त बन्दै छैन नरोत्तम वैद्यको अभिव्यक्तिको अभिलाषा ।
प्रजातान्त्रिक धारमा विश्वास गर्ने तर वाणी चाँहि हत्याराको जस्तो नरोत्तम वैद्य मुर्दावाद । भन्ने जस्ता पोस्टहरु बोकेर उभिएका थिए, भने विरोध प्रदर्शन कार्यक्रमको नेतृत्व अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य दिपेश विसुन्केले गरेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्य नवीन शर्मा, नगर सचिव श्रीकृष्ण थापा लगायत विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी दिनु भयो ।







प्रतिकृया