• १२ असोज २०८३, सोमबार
  • ५ः३९ बेलुका

मनसुन भएपछि काठमाडौँमा सुरु भयो रोपाई

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०५:४०

काठमाडौँ : मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकाका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ । शुक्रबारदेखि सुरु भएको मनसुनपछि उपत्यकासहित देशभर पानी परिरहेको छ । मौमसविद्ले समयमै मनसुन सुरु भएकाले किसानहरुलाई खेतीपातीका लागि सजिलो भएको बताएका छन् । कृषिकर्मको मौसम भएकाले जिल्ला प्रशासन कार्यालयहरुले पनि रोपाइका लागि अनुमति दिएका छन् ।

National Life

काठमाडौँ, भक्तपुर र ललितपुरका रोपाइयोग्य खेतहरुमा रोपाइ सुरु भएको देख्न सकिन्छ । काठमाडौँका अगुवा किसान उद्धव अधिकारी उपत्यकाको काँठ क्षेत्रमा अझै खेतीयोग्य जमिन बाँकी रहेको र त्यहाँका काँठ, ढाप र डोलहरुमा रोपाइ सुरु भएको बताउँछन् । ‘यसपालिको धान रोपाइँ बिगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाईको काम गर्नु परेको छ ।


संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ’ ललितपुर छम्पी क्षेत्रको खेतमा भेटिएका किसान रामचन्द्र तामाङले बताए । काठमाडौँ उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा तोकिएको छ । असार १ गतेदेखि कृषिजन्य गतिविधिमा सजिलो हुने गरि निषेधाज्ञालाई खुकुलो बनाउने योजना प्रशासनहरुको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया