नेपाल जेसिजद्वारा ४८ घर परिवारलाई निशुल्क खाद्यान्न वितरण
प्रकाशित मिति
२०७८ जेष्ठ २६ गते, बुधबार ०६:१९
काठमाडौँ : कोरोनाको दोस्रो लहर फैलिएसंगै कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारण सबै ठप्प भएको अवस्थामा आम नागरिकलाई पर्न गएको असुबिधालाई मध्य नजर गर्दै जेसी आई नेपाल वर्ष २०२१ ले मकवानपुरको बोटे बस्ती मनहरी-७ मा निसुल्क खाद्यान्न वितरण गरेको छ ।
नेपाल जेसीजको आयोजनामा सिटिजन फोरम नेपालको सहकार्य र एरिया बि अन्तर्गत बिभिन्न शाखाहरुको सहयोगमा नेपाल जेसिजले ४८ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो। आगामी दिनमा समेत अफ्ट्यारोमा परेका घरपरिवारलाई राहत वितरण गरिने र सदैव सहयोग गर्न तत्पर रहेको नेपाल जेसिज २०२१ का अध्यक्ष अरुणेस्वर खनालले जनाएको छ । मनहरी ७ का ४८ घर परिवारलाई खाद्यान्न हस्तान्तरण गर्दै पुर्व प्रहरी प्रमुख सवेन्द्र खनालले यस्तो विषम परिस्थितिमा निसुल्क खाद्यान्न वितरण गरेर सामाजिक सेवामा अग्र भुमिका खेलेको भन्दै प्रसंशा गरेकाे छ । मानवताको हिसाबले सबैले आफ्नो ठाँउ बाट सहयोग गर्न पनि आग्रह गरेका छन् ।
उक्त खाद्यान्न वितरणमा सहयोग गर्ने शाखाहरुमा जेसि आइ नारायणघाट जेसि आइ भीरकोट ,जेसि आइ गल्यांग,जेसि आइ वालिंग,जेसि आइ म्याग्दी,जेसि आइ शुक्लागण्डकी, जेसि आइ रत्ननगर,जेसि आइ ब्यासनगर, जेसि आइ लमजुङ्ग,जेसि आइ गोर्खा,जेसि आइ बिसहजार,जेसि आइ सौराह, जेसि आइ बस्तीपुर,जेसि आइ हेटौडा, लेडी जेसि आइ हेटौडा रहेका छन्। १८ वर्ष देखि ४० वर्ष युवाहरुको ढुकढुकि रहेको नेपाल जेसिजले धेरै लामो समय देखी सामाजिक सेवा गर्दै आएको छ ।







प्रतिकृया