• १२ असोज २०८३, सोमबार
  • १२ः१९ दिउँसो

फ्रेन्च ओपनः मेडभेडेभलाई स्तब्ध पार्दै स्टेफोनोस सिट्सिपास सेमिफाइनलमा

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०६:००

पाँचौँ बरियताका ग्रीक खेलाडी स्टेफानोस सिट्सिपास फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । रुसी खेलाडी डानिल मेड्भेडेभलाई ६–३, ७–६ ९७–३० र ७–५ को सेटमा पराजित गर्दै स्टेफानोसले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

National Life

स्टेफानोस लगातार तेस्रोपटक ग्राण्डसलामको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । २२ वर्षका स्टेफानोसले छैनौँ बरियताका जर्मन खेलाडी एलेक्सान्डर स्वेरेभसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।


स्पेनिस एलेहान्ड्रो डेविडोविक फोकिनालाई ६–४, ६–१ र ६–१ को सेटमा पराजित गर्दै स्वेरेभ पहिलोपटक अन्तिम चारमा आइपुगेका हुन् ।स्टेफानोस र २४ वर्षका एलेहान्ड्रो दुवै पहिलो ग्राण्डसलाम उपाधिको होडमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया