• १३ असोज २०८३, मंगलबार
  • ६ः५२ बेलुका

एनसेलले परिमार्जन गर्यो १९ देशको अन्तरराष्ट्रिय कल शुल्क

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०६:४०

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कलशुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।

National Life

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिक स्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथु आनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो । प्राधिकणबाट प्राप्तयो स्वीकृति सँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।


नयाँ परिमार्जित अन्तरराष्ट्रिय कल शुल्कअनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवाप्रदायकले लिने शुल्क भन्दा निकै नै कम रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तरराष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकैनै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ । साथै यस अघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तरराष्ट्रिय शुल्कअन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तरराष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।


सन् २०१६ देखि अप्रिल२०२१ सम्ममा एनसेलले अन्तरराष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तरराष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोडभन्दा बढि नोक्सान भोगेको छ । केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्कअझै पनि स्वीकृत दर भन्दानि कै बढि रहेको लेहाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने छ । प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रति मिनेट रु ३० रहे पनिकल गरिने गन्तव्य देश अनुसार कुनै-कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ ।


गुणस्तरीय सेवासुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न एनसेल प्रतिबद्व छ । एक जिम्मेवार कपोर्रेटको रुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्ण रुपमा परि पालना गर्दै आएको छ ।


स्थापनाकाल देखि गत आर्थिक वर्ष २०७६/७७ सम्ममा एनसेलले कर तथा शुल्कहरु बापत रु २४२ अर्ब भन्दा बढि राजस्व सरकारलाई बुझाएको छ । देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भुमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय संचालनलाई निरन्तरता दिदै जाने छ ।


एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहल अन्तर्गत हालसम्म रु १ अर्ब २७ करोडभन्दा बढि रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गदै आएको छ ।

प्रतिकृया