• १२ असोज २०८३, सोमबार
  • ५ः११ बेलुका

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय हुने, जेठ मसान्तसम्मै निषेधाज्ञा थप्ने तयारी

प्रकाशित मिति

२०७८ जेष्ठ १८ गते, मंगलवार ०५:५७

काठमाडौं : उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बिना निष्कर्ष टुंगिएको छ । निषेधाज्ञा थपबारे कुनै निर्णय नभएको र बुधबार मात्र यसबारे निर्णय हुने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

National Life

मंगलबारको बैठकमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्नेबारे छलफल भएको छ । साथै, खाद्य तथा किराना पसल बिहान ९ बजेसम्म खुलाउनेबारे छलफल भएको छ । निर्माणसँग सम्बन्धी कार्यमा सहजीकरण गर्नेबारे पनि छलफल भएको छ । साथै, आवागमनमा थप कडाइ गर्ने पनि सीडीओहरुको तयारी छ ।


संक्रमण बढिरहेको र परीक्षण पनि ब्यापकरुपमा हुन नसकेको निकाल्दै सीडीओहरु निषेधाज्ञा लम्ब्याउने तयारीमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कस्तो छ काठमाडौं उपत्यकाको अवस्था ?
मङ्गलवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका छन्। राजधानीका १,०६० जनासहित भक्तपुरका २१५ जना र ललितपुरका २८३ जना गरी उपत्यकामा १,५५८ जना सङ्क्रमित थपिएका छन्। नेपालका ७७ मध्ये ४८ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। केही दिनदेखि ओरालो लागेको काठमाडौं उपत्यकाको संक्रमण मंगलबारदेखि पुनः उकालो लागेको छ ।

प्रतिकृया