• २१ भदौ २०८३, आइतबार
  • ४ः१८ बेलुका

नागार्जुनको रानीवनमा अत्याधुनिक सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा नगरपालिकाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०४:४५

काठमाडौं : नागार्जुन नगरपालिका वडा नं. १ रानीवन स्थित सहरी विकास मन्त्रालयको भवनमा २ सय ७० बेड क्षमता भएको आइसोलेशन सञ्चालनमा ल्याइएको छ । सोमबार एक कार्यक्रम गर्दै नगर प्रमुख मोहनबहादुर बस्नेत, उप–प्रमुख सुशीला अधिकारी, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेल, कार्यापालिका सदस्यहरु, विभिन्न वडाका प्रतिनिधि लगायतको उपस्थितमा २ सय ७० बेड क्षमता भएको आइसोलेशनमा नगरपालिकाले अवश्यक स्वास्थ्य समाग्री हस्तान्तरण गरेका छ ।

National Life

नगरपालिकाले आफ्नो लगानीमा ५० बेड र सहरी विकास मन्त्रालय मार्फत सर्बाङगिण अस्पतालको सहयोगमा बाँकी बेडको व्यवस्थापनमा गर्ने गरी आइसोलेशन सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सोमबार नगरपालिकाले कार्पेट, तकिया, तन्ना, ब्याङ्केट, चप्पल, बिरामीले लगाउने गाउन, थर्मश, टावेल, मञ्जन, नुहाउने साबुन, पलोमिटर ५०/५० थान र पल्सअक्सिमिटर दश थान नगर प्रमुख मोहनबाहदुर बस्नेत र नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आइसोलेशन सेन्टरलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नगर प्रमुख बस्नेतले घरमा बस्दा स्वास्थ्य समस्या भएका व्यक्तिलाई आइसोलशेन राख्न आइसोलेशन सेन्टर निर्माण गरिएकाले आइसोलेनमा आएर सेवा लिन आग्रह गर्नुभयो ।


उहाँले नगर क्षेत्रका मात्र नभएर जहाँका पनि कोरोना सङ्क्रमितले आइसोलेशनमा आएर सेवा लिन सक्ने भएकाले मानविय सेवाका लागि बनाएको आइसोलेशनमा सबैलाई खुल्ला गरिएको बताउनुभयो । नगर प्रमुख बस्नेतले भन्नुभयो “ दुःखको समयमा सबै नेपालीले एक आपसलाई सहयोग गरी कोरोनालाई परास्त गर्न सकिन्छ, यस्तो मानविय कार्यमा सबैले मिलेर सयहोग गरौं ।” नगरपालिका उपप्रमुख सुशीला अधिकारीले नेपालमा दोस्रो लहरको कोभिड शुरु हुँदा देखी नै स्थानीय तहको महत्वपूर्ण भुमिका रहेको भन्दै आगामी दिनमा यस्तै साथ र सहयोग जारी रहने बताउनुभयो ।

Classic Tech Desktop

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले सबैको साथ र सहयोगमा कोभिडका बिमारी बस्न सुविधा सम्पन्न आइसोलेशन सञ्चालन गर्न सफल भएकोमा बताउनुभयो । नगरपालिकाले गरेको कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि यस्तै मानविय कार्य गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । १०० बेडमा आइसीयु सहितको सेवा रहेको भन्दै उहाँले कोभिडका बिमारीलाई सबै किसिमका सेवा उपलब्ध गराउन तयार रहेको समेत जानकारी दिनुभयो । उक्त आइसोलेशनमा बिमारीको लागि गुणस्तरीय स्वास्थ्य सेवा सहितको सुविधा उपलब्ध गराइएको उहँले स्पष्ट गर्नुभयो ।


नागार्जुन नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामचन्द्र लामाले दोस्रो लहरको कोरोना नियन्त्रण गर्न आफुले विभिन्न ढंगले सहयोग गरेको बताउदै उनले हाल २७० बेडको आइसोलेशन संचालन गरिएको र आवश्यक परे ३०० वेड सम्मको क्षमता धान्न सक्ने गरी तयारी गरेको बताउनुभयो । आगामी दिनमा वडा र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल चार्टर एकाउन्टेन संघका अध्यक्ष, सर्वार्णिङ अस्प्तालका प्रतिनिधि, नगर कार्यपालिकाका सदस्य लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया