• २२ भदौ २०८३, सोमबार
  • ८ः११ राती

एनआईसी एसिया बैंकको कर्जा प्राथमिकता उत्पादनमूलक तथा कृषि क्षेत्रमा

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०५:०३

काठमाडौँ : एनआईसी एसिया बैंकले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरेको छ।

National Life

बैंकले ०७८ वैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (साँवा र ब्याज) वैशाख २४ गते देखि ३१ गतेसम्म बुझाएमा सम्बन्धित ग्राहकलाई ब्याज रकममा १०५ प्रतिशत छुट प्रदान गर्ने योजना वैशाख तेस्रो साता सार्वजनिक गरेको थियो।


सोही योजनाअनुसार बक्यौता तिर्ने १७९ शाखा कार्यालयका ४,६७६ ऋणी सदस्यहरूले संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाएकालाई रु.१५,१८,२०२.४७ छुट पाएको बताएको छ। यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आएको छ।

Classic Tech Desktop

गत त्रैमासको अन्त्य ९चैत, २०७७० सम्म वित्तीय संस्थाले कुल १,३५,१९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको बताएको छ। साथी सँगै सवल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त संस्थाको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको दाबी गरेको छ।


त्यस्तै, उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेको दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि सोहीअनुरूप कार्य गर्ने जनाएको छ।

प्रतिकृया