बागमतीपछि लुम्बिनीमा पनि एमालेलाई झड्का, उपनिर्वाचनमा काँग्रेसका पाण्डे विजयी
प्रकाशित मिति
२०७८ जेष्ठ १७ गते, सोमबार ०४:३८
काठमाडौँ : लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए । यससँगै उप निर्वाचनबाट एमालेलाई नराम्ररी झट्का लागेको छ ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया