• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

लसुनले धुमपानबाट हुने क्यान्सरको जोखिम घटाउने

प्रकाशित मिति

२०७८ जेष्ठ १२ गते, बुधबार ०८:५३

काठमाडौं : हरेक भान्सामा पाइने लसुनको उपायोग स्वाद र स्वाथ्य दुबैमा उपयोगी मान्निछ । लसनको नियमित सेवन गर्दा पाचन प्रणालीदेखि क्यान्सर रोगको नियन्त्रणसम्म उपयोगी हुन्छ । क्यान्सर प्रिभेन्सन रिसर्चमा प्रकाशित अनुसन्धान अनुसार लसुन नियमित सेवनले क्यान्सरको जोखिमलाई कम गर्दछ ।


उक्त अनुसन्धान अनुसार, सातामा दुई दिन काँचो लसुन खानेहरुमा फोक्सोको क्यान्सरको खतरालाई आधा घटाउन सकिन्छ ।यति मात्र नभई, लसुनले धूमपान गर्ने व्यक्तिमा समेत फोक्सोको क्यान्सरको जोखिम पनि कम गर्दछ ।

Kamana Sewa

फोक्सोको क्यान्सर हुने सबैभन्दा ठूलो कारक धूमपान हो । त्यसैले धुमपान गर्नेहरुले नियमित लसुन सेवन गरेमा फोक्सोको क्यान्सर हुने सम्भावना ४४ प्रतिशतसम्म कम हुन्छ ।चीनका अनुसन्धानकर्ताहरूका अनुसार, धूमपान गर्ने व्यक्तिहरूले लसुन खाइरहेमा खतरा ३० प्रतिशतसम्म कम हुन सक्छ । -एजेन्सीको सहयोगमा

Classic Tech Desktop

प्रतिकृया