गगन थापाको टिप्पणी: राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा !
प्रकाशित मिति
२०७८ जेष्ठ ९ गते, आईतवार ०७:२५
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले आफ्नै कर्म र प्रवृत्तिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओले आज कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तीमा राष्ट्रपतिलाई तिमी भनिएकोमा देउवाको आलोचना गरेका छन् । त्यसको जवाफमा गगनले भनेका छन्(“राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा ! ”
सामाजिक सञ्जालमा कांग्रेस नेता थापाले लेखेका छन् “राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा१ गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड११ “सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेकोरु आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।”







प्रतिकृया