तीन अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न ६ करोड दिने अर्थमन्त्री पौडेलको पहिलो निर्णय
प्रकाशित मिति
२०७८ जेष्ठ १ गते, शनिबार ०८:१८
काठमाडौं : अर्थमन्त्रीमा पुनः नियुक्त भएका विष्णुप्रसाद पौडेलले तीन वटा अस्पताललाई पौने छ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् । अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जलाई पाँच करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हुन् ।
अर्थमन्त्रीको शपथपछि पदवहार ग्रहण गर्ने क्रममा उनले उक्त पहिलो निर्णय गरेका हुन् । डा. युवराज खतिवडा पछि अर्थमन्त्री बनेका पौडेलले आजै उनले अर्थमन्त्रीको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएसँगै अर्थमन्त्रीसहित पुरानै मन्त्रीहरुले निरन्तरता पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधान धारा ६३ (३) ले व्यवस्था गरेअुनसार संसद्को ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।





प्रतिकृया