सिइडिवी हाइड्रोपावरको शेयर बाँडफाँड सम्पन्न
प्रकाशित मिति
२०७८ बैशाख ३१ गते, शुक्रबार १२:२०
काठमाडौं : सिइडिवी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलका अनुसार २ लाख ३४ हजार १ सय ९५ जनाले १०/१० कित्ता शेयर प्राप्त गरेका हुन् । गत बैंशाख १७ गतेदेखि सार्वसाधारणका लागि जारी गरेको शेयरमा १७ लाख ३४ हजारको आवदेन परेकोमा १६ लाख ९० हजारको आवेदन मात्रै योग्य भएको छ । आवेदन दिने मध्ये १४ लाख ५१ हजारको हात खालि भएको कम्पनीले जनाएको छ ।
म्युचुअल फण्डले एक लाख २५ हजार कित्ता शेयर प्राप्त गरेका छन् भने कर्मचारीले ५० हजार ३ सय ६५ कित्ता शेयर प्राप्त गरेका छन् ।कम्पनीले गत बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि २५ लाख १८ हजार कित्ता शेयर बिक्री गरेको थियो । उक्त शेयर मध्ये २ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डलाई बिक्री गरिएको हो । कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको २३ लाख ४१ हजार कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।

बाँडफाँडको नतिजा केहि समय पछि मात्रै सार्वजनिक हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गरिएकोले केहि समय लाग्ने भएको हो । यसको नतिजा मेरो शेयर, बिक्री प्रवन्धक तथा कम्पनीको वेवसाइटबाट हेर्न सकिनेछ । कम्पनीले लमजुङ जिल्लामा ४.४० मेगावाट क्षमता राधी हाइड्रो प्रोजेक्ट र ०.१८ मेगावाट क्षमताको स्याङ्गे खोला हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ । कम्पनीले ४५ मेगावाट क्षमताको सोलुखुम्बुमा खसुवा प्रोजेक्ट निर्माण गरिरहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख रुपैयाँ पुग्नेछ । जसमा ७० प्रतिशत संस्थापकको र ३० प्रतिशत सर्वसाधारणको हुने कम्पनीले जनाएको छ ।





प्रतिकृया