• ६ साउन २०८३, बुधबार
  • ४:४४ बिहान

राष्ट्रिय बीमा कम्पनीको खुद नाफामा गिरावट

प्रकाशित मिति

२०७८ बैशाख ३१ गते, शुक्रबार १२:०८

काठमाडौं : राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद दाबी भुक्तानी र खुद नाफामा गिरावट देखिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १९ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १० दशमलव ८७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १० करोड ३३ लाख रुपैयाँ संचिती रहेको छ ।

Kamana Sewa

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । बीमा कोषमा २ अर्ब ३८ करोड ५० लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब १९ करोड ७९ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीले २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Classic Tech Desktop

यस अवधिसम्ममा कम्पनीले ३ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ । यस अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी १ सय ३५ रुपैयाँ ०२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ हजार २ सय ६३ रुपैयाँ ८८ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात १७७.८५ गुणा रहेको छ ।

प्रतिकृया