• ६ साउन २०८३, बुधबार
  • २:०६ बिहान

व्यवसायी संघका अध्यक्ष गैरेको निधन

प्रकाशित मिति

२०७८ बैशाख ३१ गते, शुक्रबार १२:४३

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको विहीबार ५ बजे ५० मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष गैरेलाई ९ दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । संघका अध्यक्ष गैरे केही समय अगाडि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका थिए ।

Kamana Sewa

प्रतिकृया