• २१:२४ २०८० चैत्र १६ गते
  • 9:24 pm

एकाघरका तीन दिदीबहिनी सगरमाथा चुचुरोमा

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०५:३३

Parbat Gurung Everest 1536x1216 1 e1620820041493

काठमाडौं :  दोलखाका एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको सफल आरोहण गरेका छन् । दोलखास्थित गौरीशंकर गाउँपालिका ९ बेदीङका दिदी- बहिनी निमा जाङ्बु शेर्पा  वर्ष ३० छिरिङ नाम्गे शेर्पा  वर्ष २६  र दावा फुटी शेर्पा  वर्ष २४  ले आज विहान ७ बजेको वरिपरि सगरमाथा चुचुरोमा पुगेका हुन् ।

 

यी दिदी-बहिनीले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड समेत राख्ने उद्देश्य रहेको बताएका छन् । यसैबीच, संचारमन्त्री पार्वत गुरुङले ती दिदीबहिनी आरोहीलाई बधाइ व्यक्त गरेका छन् । मन्त्री गुरुङले बैशाख २ गते मन्त्रालयमा आयोजित कार्यक्रममा ती दिदीबहिनीलाई राष्ट्रिय झण्डा हस्तन्तारण गर्दै बिदाइ समेत गरेका थिए ।

 

mount everest 1 e1620820068378

आजै दोलखा सोही ठाउँका पेम्वा दोर्जे शेर्पाले आज २१ औं पटक सगरमाथाको सफल आरोहण गर्न सफल भएका छन् । पेम्बाले बुधवार बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशका साथ २१ औं पटक सगरमाथा चढेका हुन् ।

प्रतिकृया