• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

कोरोना कहरमा पनि वाणिज्यको  निक्षेप संकलनमा वृद्वि

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०५:११

काठमाडौं : कोरोना कहरमा पनि वाणिज्य बैंकको निक्षेप संकलनमा वृद्वि गरेको छ । निषेधाज्ञामा पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लागनी बढेको छ । निषेधाज्ञा जारी भएको एक हप्ताको अवधिमा बैंकहरुको निक्षेप संकलन १० अर्ब र १५ अर्ब कर्जा लगानी बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।

 

Kamana Sewa

नेपालमा कोरोना संक्रमणदर उच्च स्थानमा पुगेको छ । दैनिक ९ हजार जना नयाँ संक्रमित थपिएका छन् । सरकारले संक्रमण नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यका लगायत केही जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ ।बैंकहरुले ३९ खर्ब ३३ अर्ब रुपैयाँ बैशाख २४ गतेसम्म संकलन गरेका छन् भने ३६ खर्ब ९ अर्ब रुपैयाँ बैशाख २४ गतेसम्ममा कर्जा लगानी गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया