• २१:३० २०८० चैत्र १६ गते
  • 9:30 pm

सेनाद्वारा ४६८२ जना कोरोना संक्रमितको शव व्यवस्थापन

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०५:१७

RoS Ktm IMG 08523 1536x1024 1 e1620819128285

काठमाडौं :  नेपाली सेनाले  ४ हजार ६ सय सय  ८२ कोरोना भाइरसबाट संक्रमितको शव व्यवस्थापन गरेको छ ।   नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले  ४ हजार  ६ सय सय  ८२ कोरोना भाइरसबाट संक्रमितको शव व्यवस्थापन गरेको जानकारी दिए ।   उनकाअनुसार मध्य पश्‍चम पृतनाले सबैभन्दा बढी ५ सय २५ जना संक्रमितको शव व्यवस्थापन गरेको छ ।

 

 

पूर्वी पृतना  ५ सय  ६, मध्य पृतना  ३ सय  ५९ , उत्तर पश्‍चिम पृतना  २ सय  ६८, पश्‍चिम  पृतना  २ सय  ९१, सुदुर  पश्‍चिम पृतना  २ सय ४  र  मध्य  पूर्वी  पृतनाले  १  सय  ७९ संक्रमितको शव व्यवस्थापन गरेको छ ।

 

उपत्यका पृतनाले वैशाख  २८ गते सम्म  २ हजार  ३ सय  ५० शवको व्यवस्थापन गरेको छ । सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने भिन्नता देखिएको छ । मन्त्रालयले हालसम्म चार हजार ८४ संक्रमितको मृत्यु भएको जनाएको भएपनि सेनाले ४६८२ जनाको मृत्यु भएको जनाएको छ ।

 

सुख दुःखको साथी नेपाली सेना!!!
जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरौँ, आफू पनि जोगिऔँ र अरूलाई पनि जोगाऔँ !!!!#NAAgainstCOVID19 #DeadBodyManagement
नेपाली सेनाले २०७८ वैशाख २२ गतेदेखि २८ गतेसम्म गरेको पृतना अनुसारको शव व्यवस्थापनको विवरण
हालसम्म जम्मा शव व्यवस्थापनः ४६८२ pic.twitter.com/I9ce2SWrtm

— NASpokesperson (@NaSpokesperson) May 12, 2021

प्रतिकृया