• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

निर्वाचन आयोगमा जसपाको रेकर्ड : एक नम्बर अध्यक्ष महन्थ, दोस्रोमा उपेन्द्र

प्रकाशित मिति

२०७८ बैशाख २८ गते, मंगलवार ०६:२९

निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर आवश्यक

काठमाडौं :   नयाँ सरकार गठबन्धनमा निर्णायक मानिएको जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा बुझाएको विवरणमा प्रथम अध्यक्ष महन्थ ठाकुर र दोस्रो अध्यक्ष उपेन्द्र यादव रहेको पाइएको छ ।  नयाँ सरकार गठनका लागि गठबन्धन बनाउने विषयमा जसपामा एकले अर्कालाई कारबाही गर्ने विषय चर्चामा आइरहँदा निर्वाचन आयोगले भने अध्यक्षको स्थानबारे खुलाइएको भए पनि हस्ताक्षरबारे केही नखुलाइएको बताएको हो ।

Kamana Sewa

 

Classic Tech Desktop

 

आयोग उच्च स्रोतले भन्यो,‘जसपाले बुझाएको विवरणमा प्रथम अध्यक्ष महन्थ ठाकुर र दोस्रो अध्यक्ष उपेन्द्र यादव छन्, हस्ताक्षर कसको चल्ने केही उल्लेख छैन, यस्तो हुँदा कुनै पनि निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर आवश्यक पर्छ ।’ नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार राती नै आहवान भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा छन् ।

 

 

राष्ट्रपति भण्डारीले संविधानको धारा २७६  ( २ ) अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि आह्वान भएपछि प्रतिनिधि सभामा रहेका दुई वा दुई भन्दा बढी दलहरू बीच सरकार बनाउने कसरत भइरहेको छ । यो कसरतमा कांग्रेसले नेतृत्व गरिरहेको छ भने माओवादी केन्द्र कांग्रेसको मुख्य सहयोगीका रूपमा उभिएको छ । यसै गरी जसपा भने नयाँ सरकार गठनका लागि हुने दलीय गठबन्धनमा विभाजित बन्दै आइरहेको छ ।

 

 

अध्यक्ष उपेन्द्र यादव गठबन्धनको प्रयासबाट वैकल्पिक सरकार बनाउनु पर्ने पक्षमा उभिएका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठबन्धनको विपक्षमा उभिएका छन् । ठाकुरले भने कामचलाउ प्रधानमन्त्रीलाई नै साथ दिने रणनीति बनाएको खुलेको छ । जसपा भित्र उनले नेतृत्व गरेको समूह प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिँदा भने तटस्थ बसेको थियो । तर, उपेन्द्र यादव समूहले भने विपक्षमा नै मतदान गरेका थिए ।

प्रतिकृया