• २५ भदौ २०८३, बिहीबार
  • ११ः११ बिहान

दाङमा एकै घरका दिदीबहिनीको उपचार अभावमा मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०४:२२

दाङ :  दाङमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। राजपुर गाउँपालिका–६ निवासी प्रेम बुढाका १३ वर्षीया छोरी बिनिता र ११ वर्षीया छोरी रीता बुढाको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए।

National Life

पखाला लागेपछि दुई दिदीबहिनीलाई उपचारका लागि खांग्राको सामुदायिक स्वास्थ्य इकाइ पुर्‍याइएको थियो। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत खांग्रा नाका पर्छ।

उपचारका लागि भारतीय अस्पताल लैजान खोजिए पनि सीमानाका सिल गरिएको थियो। लमही ल्याउन भौगोलिक विकटता रहेकाले उनीहरुको उपचार अभावमा मृत्यु भएको हो। दुवै जनाको शव पोस्टमार्टमका लागि लमही ल्याउन लागिएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया