• २५ भदौ २०८३, बिहीबार
  • १२ः०९ दिउँसो

राप्तीको खुरखुरेमा सिभिल बैंकको शाखा स्थानान्तरण

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०४:२७

काठमाडौं : सिभिल बैंकले आफ्नो राप्ती स्थित खुरखुरे शाखा स्थानान्तरण गरेको छ । स्थानान्तर खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन् ।

National Life

उक्त शाखा उद्घाटन गर्दै प्रमुख बरालले बैंकले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नुको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न बैंकले सघाएको बताइन् ।

उक्त समारोहमा सिभिल बैंकका प्रदेश २ का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए । सिभिल बैंकले यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला व्यापार ब्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरू जस्तैः घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया