• 12:05 am

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्द

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार १०:५७

काठमाडौँ : कोभिड-१९ फैलिएपछि मुख्य शहरी क्षेत्रको विद्यालय बन्‍द गर्ने मन्त्रिपरिषद्‌ बैठकले निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्‍द गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय पनि भएको

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सरकारले मुख्य शहरी क्षेत्रको विद्यालय मात्रै बन्द गर्ने निर्णय गरेको हो  ।

“भर्चुअल कक्षा सञ्चालन गनुपर्छ, ” खानेपानी मन्त्री मणी थापाले  भने  । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार निर्णय भएको  हो ।

बैठकले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी र धरानमा विद्यालय बन्द हुने निर्णय गरेका छन् । यसैगरी बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द हुनेछन् ।

प्रतिकृया