• २४ भदौ २०८३, बुधबार
  • २ः३१ दिउँसो

संसद अधिवेशन अन्त्य गर्ने निर्णय

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार १०:५०

काठमाडौँ :  संसद्‌को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने मन्त्रिपरिषद्‌ बैठकले निर्णय गरेको छ ।

National Life

बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले संसद्‌को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज दिउँसो १ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

गएको पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुन :स्थापित गरेको थियो। सर्वोच्चको आदेश वमोजिम फागुन २३ गते संसद अधिवेशन सुरु भएको थियो।

विधेयक अधिवेशन हुनुपर्ने भए पनि सत्ताको खिचातानी तथा सभामुखसँगको प्रधानमन्त्री केपी शर्मा ओलीको टकरावका कारण यो अधिवेशनमा कुनै पनि विधेयक पेश हुन सकेन । विधेयक अधिवेशन अन्त्य भए पनि चाँडै नै बजेट अधिवेशन सुरु हुनेछ ।

जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण बजेट अधिवेशन चाँडै सुरु हुनेछ ।

प्रतिकृया