• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

प्रभु क्यापिटल लिमिटेडद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ०६:४०

प्रभु क्यापिटल लिमिटेडले पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग प्रदान गरेको छ । सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्मफ्लाइट्स फाउण्डेसनलाई थप १० वटा कम्प्युटर सिपियु सहयोग वितरण गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्य लिई २०७७ साल चैत्र २९ गते आइतबार पोखरामा एक कार्यक्रम गरी विद्यालय तथा फाउण्डेसनलाई सहयोग वितरण गरेको हो ।

कार्यक्रमका अतिथि प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले मन्तव्य दिनुहुँदै प्रभु क्यापिटलको यो सानो सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने विश्वास रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा कम्पनीले यस्तो कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

Kamana Sewa

प्रभु क्यापिटलले वितरण गरेको १० वटा सिपियुलाई कर्म फ्लाइट्स फाउण्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बाग्लुङ्ग र ५ वटा गोरखाका विद्यालयहरुमा वितरण गर्ने जानकारी कार्यक्रममाकर्म फ्लाइट्स फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले दिनुभयो ।

Classic Tech Desktop

शेयर तालिम कार्यक्रममा निरन्तरता
क्यापिटलले शेयर सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटमा विविए र विएसडब्लु तहमा अध्ययनरत विद्यार्थीहरुलाई आधारभूत शेयर तालिम प्रदान गरेको छ ।

कलेजले किर्तिपुरमा आयोजना गरेको कार्यक्रममा ८५ जन विद्यार्थीहरुको सहभागिता रहेको थियो । सोहीदिन नै क्यापिटलले ग्वार्को स्थित क्वेष्ट इन्टरनेशनल कलेजमा विविएमा अध्ययनरत विद्यार्थीहरुको लागि १ दिने शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ

प्रतिकृया