• १२ असोज २०८३, सोमबार
  • ४ः१० बेलुका

कोरोना संक्रमण बढ्दै, उपत्यका भित्रिने नाकामा छैन सुरक्षा सावधानी

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०६:०४

काठमाडौँ:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका भित्रिने मुख्य दुई नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेकजाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ।

National Life

आइतबार अपराह्न काठमाडौँ भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वीनाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन। सवारीसाधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपायरसावधानी अपनाएको देखिएन। तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन। यी दृश्यले काठमाडौँ उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ।

मास्क लगाउने, दूरी कायम गर्ने कुनैपनि सुरक्षा सावधानीको उपायको न्यूनतम रुपमा पनि प्रयोग भएको छैन। यात्रुहरु बिना मास्क कुनै भौतिक दूरी कायम नगरी जोखिमपूर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन्। यता, काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया