• १२ असोज २०८३, सोमबार
  • ४ः५० बेलुका

३६७ जनामा संक्रमण पुष्टि, काठमाडौँ उपत्यकामा बढि संक्रमित

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०६:०१

काठमाडौँ : नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

 

२४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २६० संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९६१ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया