• १२ असोज २०८३, सोमबार
  • ३ः२७ दिउँसो

कार्मचारीलाई मुख्यमन्त्री राउतको निर्देशन: ‘बजेट कार्यान्वयनका लागि इमान्दारीपूर्वक काम गर्नुस्’

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०६:०७

जनकपुरधाम :प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बजेट कार्यान्वयनका लागि इमान्दारीपूर्वक कम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

National Life

 

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित दोस्रो चौमासिक समीक्षा तथा आगामी वर्षको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले उक्त निर्देशन दिएका हुन्। जनकपुरधाममा भएको छलफलका क्रममा विभिन्न मन्त्रालयका सचिवले दक्ष जनशक्ति आभावका कारण बजेट कार्यान्वयनमा समस्या भएको बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

 

जवाफमा मुख्यमन्त्री राउतले प्रदेशमा रहेका कर्मचारीहरूको क्षमताको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। उनले आगामी वर्षका लागि प्रदेश सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेट प्रदेश सरकारको आवधिक योजनामा केन्द्रित भएर ल्याउन निर्देशन दिए।

उक्त छलफलमा मन्त्री, मुख्यसचिव, सचिव, नीति तथा योजना आयोगका उपाध्यक्षलगायत सहभागी थिए।

 

प्रतिकृया