• १३ असोज २०८३, मंगलबार
  • ३ः०३ दिउँसो

श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको छैठौं वार्षिक सम्पन्न

प्रकाशित मिति

२०७७ पुष २६ गते, आईतवार ०९:३४

भक्तपुर: श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको छैठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित् माता पाथीभरा वैष्णोदेवी मन्दिरको प्राङ्गणमा केन्द्र भक्तपुरको छैठौँ साधारण सभा सम्पन्न भएको हो ।

National Life

साधारण सभाको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले पाथीभरा मन्दिर र सूर्यविनायक नगरपालिकाको भावनात्मक सम्बन्ध कायम भएको बताउनुभयो ।

करिब डेढ वर्ष अघि जङ्गल रहेको यस क्षेत्रमा आज पवित्र पाथीभरा मन्दिर निर्माण भइ मन्दिर क्षेत्रमा धेरै भौतिक पूर्वाधार निर्माण भएको भन्दै अध्यक्ष सापकोटाले यस वर्षमा वडा समितिले मन्दिर क्षेत्रको भौतिक विकासका लागि २० लाख रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

गत वर्ष पनि वडा समितिकै पहलमा पाँच लाख रुपियाँको लागतमा मन्दिरमा शौचालय निर्माण गरिएको थियो ।

कार्यक्रममा १०८ भागवत वाचक अरिबन्द्र शास्त्रीले एक दिन छोडेर जाने हाम्रो भौतिक शरीरिले संभव भएसम्म पवित्र काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्दिर क्षेत्रमा निकट भविष्यमै सबै गोत्रहरुका ऋीषिहरुको प्रतिमा द्धवरकाधिश् दिव्य धाम, लगायतका संरचना निर्माण हुने उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिका पूर्व मेयर धु्रवनारायण श्रेष्ठ, माता पाथीभरा वैष्णोदेवी व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेत, गौ संरक्षण केन्द्र भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपाने, महासचिव नारायणप्रसाद चौहान लगायतले मन्दिरको भौतिक संरचना निर्माण लगायत अन्य व्यवस्थापकीय कार्यका लागि आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

सो अवसरमा अधिवक्ता अविकेशर पोखरलले माता पाथीभरा मन्दिरमा पर्दा राख्नका लागि २१ हजार १०१ रुपियाँ सहयोग गर्नुभयो । त्यस्तै समाजसेवी राज कार्कीले मन्दिरमा एक हजार लिटरको पानीको ट्याङ्की दान गर्नुभएको थियो ।
मन्दिर क्षेत्रमा विभिन्न भौतिक विकास गर्नका लागि गुरुयोजना निर्माण गरिएको छ
गत आर्थिक वर्षमा मन्दिर क्षेत्रमा सप्तशती चण्डी पाठ पारायण, भित्तेपाठ प्रकाशन, मन्दिर क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण, मानव सेवा केन्द्र कौशलटार चाँगुनारायण केन्द्रमा खाद्यान्न तथा राहत सामाग्री वितरण, सहरा हेरचार केन्द्र सिद्धिकाली भक्तपुर माविमा खाजा वितरण र पाथीभरा मन्दिर व्यवस्थापन समिति गठन गरी कार्य भइरहेको गौ संरक्षण केन्द्र भक्तपुरका महासचिव नारायणप्रसाद चौहानले जानकारी दिनभयो ।

मन्दिर क्षेत्रमा अब निर्माण गरिने कार्यक्रम
मन्दिर क्षेत्रमा ध्वनी यज्ञ मण्डप निर्माण, संस्कृत पठनपाठनका लागि शान्ति बाटिका निर्माण, धर्म र संस्कृतिको जर्गेना गर्न धार्मिक कार्यक्रम सञ्चालन, भित्रेपात्रो तथा धार्मिक पुस्तक प्रकाशन, तिर्थाटन कार्यक्रम सरसफाइ तथा दुरव्यसनी विरुद्ध सचेतना कार्यक्रम गरिने कार्यक्रम तय भएको श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरले जनाएको छ ।

प्रतिकृया