• १३ असोज २०८३, मंगलबार
  • ३ः४७ दिउँसो

उडेको चार मिनेटमै हरायो श्रीविजयाको जहाज: आफन्त कुर्दै, उद्धारकर्मी खोज्दै

प्रकाशित मिति

२०७७ पुष २६ गते, आईतवार ०९:५५

एजेन्सी, शनिबार इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको जहाज टेकअफ भएको चार मिनेटमै हरायो। श्रीविजया एयरको बोइङ ७३७-५०० जहाजमा ५० यात्रु र १२ चालक दलका सदस्य थिए। सुकार्नो हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज कालिमानतान प्रान्तको पोन्तियानाक जान लागेको थियो।

National Life

जहाज हराएको घन्टौंसम्म पनि अधिकारीहरूले फेला पार्न सकेका छैनन्। जहाजमा रहेका मानिसहरू अझै पनि कुरिरहेका छन्।

पोन्तियानाक विमानस्थलमा कुरिरहेका यमन जाइले आँशु झार्दै आफ्नी श्रीमती र तीन बच्चा जहाजमा रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

‘श्रीमतीले आजमात्रै सानो बच्चाको तस्बिर मलाई पठाएकी थिइन्। अहिले यस्तो हुँदा मेरो मुटु कसरी टुक्राटुक्रा नहोस्,’ उनले भने।

समुद्रमा खसेको ठानिएको जहाजको खोजीमा इन्डोनेसिया नेभी सैनिकसहित पानी जहाज पठाएको छ। आइतबार बिहानसम्म उद्धारकर्मीले शवका टुक्रा र जहाजका केही भाग फेला पारेको बताएका छन्।

२७ वर्ष पूरानो उक्त जहाज कसरी दुर्घटनामा पर्‍यो भन्ने कारण अहिलेसम्म पत्ता लागेको छैन।

जहाज निर्माता कम्पनी बोइङले विज्ञप्ति जारी गर्दै आफू चालक दल, यात्रु र उनीहरूका परिवारको साथमा रहेको र दु:खको घडीमा आवश्यक सहयोग गर्न श्रीविजया एयरसँग सम्पर्कमा रहेको जनाएको छ।

दुई वर्षअघि लियोन एयरको बोइङ ७३७ म्याक्स जहाज पनि इन्डोनेसियामै दुर्घटनामा परेको थियो। केही समयपछि इथियोपियन एयरलायन्सको पनि सोही जहाज दुर्घटनामा परेपछि संसारभरि उक्त जहाज उडाउन रोक लगाइएको थियो।

प्रतिकृया