• १३ असोज २०८३, मंगलबार
  • २ः२२ दिउँसो

प्रधानमन्त्रीका सल्लाहकार रिमालद्वारा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई ‘धम्की’

प्रकाशित मिति

२०७७ पुष २६ गते, आईतवार ०९:११

काठमाण्डौँ: प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् ।

National Life

अध्यक्ष मिश्रले मर्यादा नाघेको भन्दै गरेको ट्वीटरमा रिमालले सीमामा बस्न मिश्रलाई चेतावनी दिएका हुन् । रिमालले जतिसुकै सेलिब्रेटी भए पनि समयले जवाफ माग्ने भन्दै धम्कीको भाषा प्रयोग गरेका छन् ।

ट्वीटरमा मिश्रले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा टिप्पणी गरेपछि रिमालको यस्तो ट्वीट आएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सुरुमा मिश्रले ट्वीटरमा लेखेका छन्, ‘कस्तो समय आयो १ पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने। अब अति भो १’

यही ट्वीट पढेर रिमालले मिश्रलाई सीमामा बस्न चेतावनी दिएका हुन् । सो ट्विटमा रिमालले जवाफ दिँदै भनेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’  भन्दै रिमालले  धम्कीको भाषा प्रयोग गरेका हुन् ।

 

 

प्रतिकृया