• १२ असोज २०८३, सोमबार
  • २ः५४ दिउँसो

सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अध्ययन गरिँदै

प्रकाशित मिति

२०७७ पुष २० गते, सोमबार ०८:२७

काठमाडौं, पुस २० । सरकारले बजेटमार्फत घोषणा गरेको सहुलियतपूर्ण कर्जा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकमार्फत अध्ययन गर्ने भएको छ ।

National Life

सहुलियतपूर्ण कर्जा वितरण गरिए पनि लक्षित वर्गसम्म अझै पनि पुग्न नसकेको गुनासाहरू आएपछि हालै मात्र अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको वित्तीय समन्वय समितिको बैठकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिता र कार्यान्वयनको अवस्थाबारे राष्ट्र बैंकलाई अध्ययन गर्न दिने निर्णय गरेको अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले बताएका छन् ।

‘अर्थमन्त्रीले सहुलियतपूर्ण कर्जाबारे विशेष चासो देखाउनुभयो । उक्त कर्जाहरूको प्रभावकारिताबारे अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेश गर्न राष्ट्र बैंकलाई जिम्मा दिने बैठकले निर्णय गर्‍यो,’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले यो वर्ष मात्रै कोरोनाबाट प्रभवित भएका निजीक्षेत्रको उत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रम ल्याएको थियो । तर, त्यसको प्रभावकारी कार्यान्वयन अभैm हुन सकेको छैन । आर्थिक अभियान दैनिकबाट

 

प्रतिकृया