• ११ असोज २०८३, आइतबार
  • ८ः१६ बिहान

१० महिनापछि खुल्दै विद्यालय

प्रकाशित मिति

२०७७ पुष २० गते, सोमबार ०८:०७

काठमाडौं, पुस २० । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसका कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।

National Life

कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति ९सीसीएमसी० को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी औपचारिक निर्णय लिनेछ । सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार खुलेका विद्यालयलाई बन्द गराउने अधिकार अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत हुने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो

केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् । काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुला भइसकेका छन् । काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पठनपाठन भने अनलाइनमार्फत हुँदै आएको छ ।

सरकारले यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ । यस्तै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् भने कतिपय प्रक्रियामा गइसकेका छन् ।

सीसीएमसीले नयाँ प्रकारको कोरोना भाइरसको महामारी फैलिएको संयुक्त अधिराज्य बेलायतलगायतका करिब २ दर्जन देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय पनि गरेको छ । राजधानी दैनिकबाट

 

प्रतिकृया