• १२ असोज २०८३, सोमबार
  • ३ः४३ दिउँसो

कुइनेमङ्गलेमा २१ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण हुने

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०९:२३

बेनी, पुस २ म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ। संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको सो आयोजनाले ढाँचा र आधारभूत पूर्वाधार निर्माणको तयारीमा जुटेको आयोजनाका व्यवस्थापक अनुरोध अधिकारीले जानकारी दिए।

National Life

उनका अनुसार रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने आयोजनामा तीन हजार ३७७ मिटर लामो सुरुङमार्गबाट ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदिको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ।

आयोजनाले बन्दीघाटसम्म पुगेको सडकको ट्रयाकलाई छरी हुँदै अगाडि बढाइसकेको छ। यस आयोजनामा करिब नौ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने जनाइएको छ। आयोजनाले पहुँचमार्ग, आवासगृह निर्माणसँगै आवश्यक जग्गा प्राप्तिको कामलाई समेत अघि बढाएको व्यवस्थापक अधिकारीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

तीन वर्षभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणमा जुटेको सो आयोजना सम्पन्न गर्न करिब रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ। विद्युत्गृह, अडिट, आवासलगायतका लागि ३४ रोपनी जग्गा प्राप्ति भइसकेको र बाँकी रहेको जग्गा प्राप्तिको काम अघि बढाइएको आयोजनाका आवासीय इञ्जिनीयर पवित्रमान बोहोराले जानकारी दिए।

उनका अनुसार सरकारी जग्गा उपभोगका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ। आयोजना निर्माणपूर्वका पूर्वाधार निर्माणका लागि अहिले दैनिक ४० देखि ५० जनशक्ति परिचालन गरिएको छ भने पहुँचमार्गलगायतका पूर्वाधार तयार गर्न तीन डोजर र एकक ब्याकहुलोडर मेसिन परिचालन गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको आउटलेटबाट निस्कने पानीलाई समेत प्रयोग गरी पुनः जलविद्युत् निकाल्नका लागि अपर ठूलोखोला जलविद्युत्को समेत अध्ययन भइरहेको छ। रघुगङ्गा नदीको चिमखोलामा टुँडी पावर कम्पनीले ३५।५ मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण शुरु गरेको छ भने ४८ मेगावाटको अपर राहुघाट जलविद्युतको समेत ठेक्का लगाइसकेको छ।

रघुगङ्गा नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रासस

प्रतिकृया