• १२ असोज २०८३, सोमबार
  • ३ः४८ दिउँसो

देशको मेरुदण्ड नै युवा शक्तिः अध्यक्ष यादव

प्रकाशित मिति

२०७७ मंसिर ५ गते, शुक्रबार ०६:१०

 

National Life

काठमाडौं, समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सजपा युवा कमिटीले छठ पर्वका अवसरमा आज राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनले युवा शक्ति ने देश विकासको मेरुदण्ड भएको बताए । नेता यादवले युवालाई विकास निर्माणमा एक जुट हुन अनुरोध गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

नेता यादवले देशको आर्थिक समृद्धिलाई माथि उठाउनका लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिए । सो अवसरमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विकास निर्माणमा युवाले अहं भूमिका खेल्नुपर्ने बताए ।
रासस

प्रतिकृया