• ४ असार २०८३, बिहीबार
  • ६:१९ बेलुका

तिहारको सबैमा शुभकामना छ :ज्योती केसि

प्रकाशित मिति

२०७७ कार्तिक २८ गते, शुक्रबार ११:५९

ज्योती केसि ,जुनसुकै समुदायसँग सम्बन्धित चाडपर्व किन नहोस्, सबै समुदायले उत्तिकै सहभागिता जनाउने प्रचलनले पनि नेपाली चाडपर्वहरू सबैका साझा बन्दै आएका छन् । यसले नै नेपाली समाजको सहिष्णुता पनि झल्काउँछ । नेपालीहरूले मनाउने विभिन्न चाडपर्वमध्ये तिहारको आफ्नै महत्त्व छ ।

यो पर्वलाई विभिन्न समुदायले आफ्नो परम्परा र सामाजिक प्रचलनअनुरूप मनाउने गर्छन् । शरद् ऋतुको मध्यमा पर्ने तिहारमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वत, दाजु, भाइ, दिदी, बहिनी सबैलाई आदर र सम्मान गर्दै पाँच दिनसम्म पूजा गर्ने प्रचलन छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ ।

Kamana Sewa

कागलाई शुभ र अशुभ दुवै किसिमका सन्देश ल्याउने पक्षीका रूपमा लिइन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई घरको रक्षक, आज्ञाकारी र सेवकका रूपमा लिइन्छ । तिहारको तेस्रो दिन गाई तिहार मानिन्छ । यो दिन गाईको पूजा गर्नुका साथै यही दिन धनधान्यकी देवी लक्ष्मीको पनि पूजाअर्चना गरिन्छ ।

Classic Tech Desktop

प्राचीन तथा वैदिक कालदेखि गाईलाई गौमाता भन्दै आमाका रूपमा लिइँदै आएको हो । त्यसैले यो दिन बिहान गाई पूजा र साँझ धनकी प्रतीक लक्ष्मीको पूजा गर्ने गरिएको हो । पूजाअर्चना मात्र होइन, यो दिनमा वर्षकै सबैभन्दा बढी उज्यालो र झिलिमिली पनि पारिन्छ । तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ जसलाई गोरु तिहार पनि भनिन्छ । तिहारको पाँचौं अथवा अन्तिम दिनमा भाइटीका मनाइन्छ जुन दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्छन् । पौराणिक मान्यताअनुसार यस दिन यमुनाले दाजु यमराजको पूजा गरेकी थिइन् ।

त्यही सम्झनामा यो दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने र टीका तथा माला लगाइदिने चलन चलेको हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली माला लगाइदिने र मिष्ठान्न भोजन तथा खानेकुरा खान दिने गर्छन् र दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, वस्त्र, गहनालगायत सामग्री दिने परम्परा तथा प्रचलन रहँदै आएको छ । भाइ पूजामा प्रयोग गरिने सप्तरंगी टीका, मखमली माला लगायतका सामग्री दीर्घायु र सुस्वास्थ्यका प्रतीक मानिन्छन् । भाइटीकाका क्रममा प्रयोग गरिने ओखर, तिल, तेलको घेराले भने दीर्घ जीवनको प्रतिनिधित्व गर्छन् जसका कारण यी सामग्रीलाई दीर्घायु र स्थायित्वका प्रतीकका रूपमा लिने गरिन्छ ।

तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइको पूजा हुने र दिदीबहिनीलाई पनि टीका लगाई दक्षिणा, वस्त्र र गहना दिने प्रचलन रहेकाले यो पर्वलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिने गरिन्छ । एक हिसाबले भन्ने हो भने यो पर्व र दिनलाई दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध र मेलमिलाप अझ बलियो हुने रूपमा लिने गरिन्छ । दिदीबहिनी नहुनेले काठमाडौंको रानीपोखरीस्थित यमलेश्वर महादेवको मन्दिरमा गएर टीका लगाउने गर्छन् ।

त्यसो त कार्तिक शुक्ल प्रतिपदाको दिन नेवार समुदायमा म्ह: पूजा गरिन्छ जसलाई आत्मिक र शारीरिक पूजाका रूपमा लिइन्छ । यसका साथै यही दिनदेखि नेपाल संवत्अनुसार नयाँ वर्षको प्रारम्भ पनि हुन्छ । नेपालमा यति धेरै चाडपर्व छन् जसलाई विभिन्न समुदायले आआफ्नै हिसाबले मनाउँदै आएको पाइन्छ । त्यसैले त विभिन्न चाड तथा पर्वले राष्ट्रिय महत्त्व पनि पाएका छन् । र, त्यसमाथि तिहार पर्वको त मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । त्यसैले यो तिहारले समाजमा अझै बढी सद्भाव र सहिष्णुताको विकास गरोस् । तिहारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ! दिदी तिमी फुल जस्तै हासिरहनु सधै, आज जस्तै खुसी भइ नाचिरहनु सधै !! थाहा छैन अर्को जन्म कहाँ हुन्छ यो भाइ, तर दिदी भाइको माया साचिरहनु सधै !!

प्रतिकृया