• १२ असोज २०८३, सोमबार
  • १ः१० दिउँसो

ढल व्यवस्थापनको र काम रसडक कालोपत्र हुँदै

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार ०३:३२

काठमाडौँ– सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ ।

National Life

लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो । गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको सडकमा आकाशे पानीका साथै नाली निकास गर्ने ढल र पाइप हाल्ने काम भइरहेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले बताए ।

उनले भने, “यस सडकखण्डमा आकाशको पानी पठाउने ठाउँ नहुँदा बढ्दै गएका खाल्डाखुल्डी र हिलोले कयौँ मोटरसाइकल लडेर दुर्घटना हुनेगथ्र्यो, अव्यवस्थित सडकलाई सुधार गरेर जनताको स्वास्थ्यलाई धुलोबाट पनि जोगाउन हामी लागि परेका छौँ ।” सो सडक मर्मतको काम सकिएसँगै तत्काल यथास्थितिमै कालोपत्र गरिने महर्जनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त खण्डको खाली जग्गामा पर्खाल लगाएर हरिसिद्धिदेखि गोदावरीसम्ममै सडक अब कालोपत्रको काम अघि बढिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको भनाइ छ । उनले भने, “यही असोज १५ गतेदेखि यस सडकखण्ड सुधारको काम अघि बढेसँगै दैनिक यात्रा गर्ने वडा नं– १ गोदामचौर, नं २ विशङ्ख, नं ३ साविकको गोदावरी, नं बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले वैकल्पिक मार्ग प्रयोग गरेर हामीलाई निकै सहयोग गरिरहनुभएको छ ।” उक्त सडकखण्डमा बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन चार डोजरका साथै कामदार खटिएर धमाधम आवश्यक काम गरिरहेको उनले बताए ।

सो खण्ड भएर दैनिक यात्रा गर्ने जनताले वैकल्पिक मार्गका रुपमा ठैवचोकदेखि महालक्ष्मी नगरपालिकाको सानागाउँ अनि इमाडोल र हरिसिद्धि क्यान्सर अस्पताल पछाडिको मार्गका साथै चापागाउँ छिरेर धापाखेल निस्कने गरिरहेका छन् ।

 

प्रतिकृया