• ११ साउन २०८३, सोमबार
  • ८:१७ बेलुका

एकै दिनमा २० हजारभन्दा बढी चेक काटिए

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०९:३८

 

काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिम दिन २० अर्ब रुपैयाँ भुक्तानी गरेको छ। बुधबार एकै दिनमा २० हजारभन्दा बढी चेक काटिएको सरकारको अनुमान छ। सरकारले मंगलबार २४ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरेको थियो। कोविड १९ का कारण सरकारले बन्दाबन्दी लगाएपछि भुक्तानी प्रभावित भएका थिए। यसले गर्दा वर्षको अन्तिम दिन भुक्तानीमा चाप परेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।

Kamana Sewa

खर्च गर्ने निकायले पठाएको भुक्तानी आदेशका आधारमा रकम भुक्तानी गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले देशभरबाट सोमबार राति १२ बजेसम्म प्राप्त भुक्तानी आदेशको चेक काट्नेछ। एक आर्थिक वर्षमा सिर्जना भएको भुक्तानी दायित्व अर्को आर्थिक वर्षमा सार्दा सरकारले हर्जना तिर्नुपर्ने भएकाले आर्थिक वर्षको अन्तिममा चेक काट्न चाप परेको हो।

Classic Tech Desktop

गत आर्थिक वर्षदेखि सरकारका भुक्तानीमा विद्युतीय प्रणाली अवलम्बन गरिए पनि विद्युतीय भुक्तानी प्रभावकारी हुन सकेको छैन। त्यसैले चेकमार्फत नै भुक्तानी गर्नुपरेको महालेखा नियन्त्रक कार्यालयका अधिकारी बताउँछन्। कोष तथा लेखा नियन्त्रक ३ सय ८१ वटा प्रयोगकर्तामार्फत रिपोर्ट गरिरहेका छन्।

विद्युतीय भुक्तानी प्रणाली लागू भएकाले आर्थिक वर्षको अन्तिम दिनसम्म भुक्तानी दिने व्यवस्था गरिएको हो। विद्युतीय भुक्तानीले यथार्थ समयमा रकम भुक्तानीको विवरण प्राप्त हुने भएकाले आर्थिक वर्षको अन्तिमसम्म भुक्तानी दिने छुट दिइए पनि विद्युतीय भुक्तानी प्रणाली अवरुद्ध हुँदा चेकमार्फत नै भुक्तानी दिइएको हो।

विद्युतीय भुक्तानी सुरु हुनुअघि आर्थिक वर्ष समाप्त हुन चार पाँच दिनअघि नै चेक काट्न बन्द गर्ने चलन थियो। यो समचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिएको हो ।

प्रतिकृया