• २२ भदौ २०८३, सोमबार
  • २ः४४ राती

कोरोना जितेकै दिन एक जोडीले सन्तान जन्माए

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०७:३५

पोखरा, कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित भएपछि बागलुङको धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाले कोरोना जितेकै दिन छोरालाई जन्म दिएकी छिन् । ढोरपाटन नगरपालिका वडा नं.९ स्थायी घर भई छ दिनदेखि श्रीमानसँगै आइसोलेसनमा रहेकी १९ वर्षीया महिलाले छोरालाई जन्म दिएकी हुन् ।

National Life

जेठ २३ गते ढोरपाटन नगरपालिकामा आएर क्वारेन्टाइनमा बसेका दुवै जनामा असार ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि श्रीमानसँगै अस्पतालको आइसोलेसनमा उपचाररत महिलाले बिहीबार छोरा जन्माएको धौलागिरी अस्पतालका शल्यक्रिया कक्ष इन्चार्ज देवी भट्टराईले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा रहेका दुवै जनाको बुधबार साँझ नै दोस्रो परीक्षणमा कोरोना नदेखिएको अस्पतालले जनाएको छ । उक्त जोडी रोजगारीका लागि भारतको जालन्धर मिठू बस्तीमा बस्दैआएका थिए । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि आफ्नी गर्भवती श्रीमतीलाई लिएर तीन दिनमा जन्मठाउँ पुगेको श्रीमानले बताउनुभयो ।

Classic Tech Desktop

कोरोना सङ्क्रमण मुक्त भइसकेको, आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएकाले सम्भवतः शुक्रबार नै अस्पतालबाट घर पठाइने धौलागिरी अस्पतालले जनाएको छ ।

प्रतिकृया