भक्तपुरबाट जबरजस्ती करणी गरेको अरोपमा दुईजना पक्राउ
प्रकाशित मिति
२०७७ असार ११ गते, बिहीबार ०६:४८
भक्तपुर, मध्यपुर ठिमी नगरपालिकाकी १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अरोपमा एक जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउ पालिका वडा नं. १ का २१ वर्षीय सोमराज परियार रहेका छन् ।

असार ४ गते बालिकाकी आमाले छोरीलाई ललाई फकाई प्रलोभनमा पारी मध्यपुर ठिमी नगरपलिका पालिका वडा नं. ९ निलबाराही जंगलमा लगी उनले जबरजस्ती करणी गरेको भन्ने किटानी जाहेरी दरखास्तको आधारमा उनलाई पक्राउ गरी कानूनी प्रकृया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट १०दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
त्यसैगरी चाँगुनारायण नगरपालिका–१ दुवाकोटबाट १३ वर्षीय बालिकालाई जबरजस्ती कारणी गर्ने एक जना पक्राउ परेका छन् । जेष्ठ ३१ गते वालिकाकी हजुरआमाले ललाई फकाई प्रलोभनमा पारी कोठामा लगी जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएकोमा रुकुम भुमे गाउँपालिका वडा नं. ९ का ३५ वर्षीय जबर खड्कालाई पक्राउ गरी कानूनी प्रकृया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट १० दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।




प्रतिकृया