• २२ भदौ २०८३, सोमबार
  • १ः०० राती

पर्साको परवानीपुरमा आगलागी, ३ लाख बराबरको क्षति

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०८:५७

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३२ परवानीपुरमा एक घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ ।

National Life

विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ ।स्थानीय हुकुम अन्सारीको एक तले पक्की घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले जानकारी दिए ।आगलागीबाट फ्रिज, स्टिल, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको छ ।

गएराति १ बजेतिर भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी लगायतले मिलेर निभाएका थिए । क्षतिको विवरण संकलन गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया