• २२ भदौ २०८३, सोमबार
  • १०ः२९ राती

कैलाली सीमा क्षेत्रका सात स्थानमा सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ स्थापना गर्ने तयारी

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०९:३४

कैलाली । नेपाल–भारत सीमामा आवतजावत गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्न चेकप्वाइन्ट स्थापना गर्ने तयारी गरिएको छ ।

National Life

भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका–९ बङ्गराकटान, वडा नं १० जुगेडा, कैलारी गाउँपालिका खोनपुर, भजनी नगरपालिका–७ हिक्मतपुर, वडा नं ६ कौवाखेडा, वडा नं ३ मौरीयाँघाट र टीकापुर नगरपालिका–९ श्रीलङ्कामा नयाँ चेक प्वाइन्ट स्थापना गरिएका हुन् ।

मुख्य नाका बन्द भएपछि सहायक नाका प्रयोग गरेर सर्वसाधारण नेपाल भित्रिन थालेपछि सीमामा नयाँ चेकप्वाइन्ट स्थापना गरिएको कैलालीका सहायक प्रजिअ मोहनराज जोशीले जानकारी दिएका छन् ।

Classic Tech Desktop

सशस्त्र प्रहरी बल ३४ नं गणले भारतसँग सिमाना जोडिएको एक सय किमी लामो सिमानामा हालसम्म एक गुल्म र चार बिओपीमार्फत सीमा सुरक्षा गर्दै आइरहेकामा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सात चेकप्वाइन्ट स्थापना गरेको हो ।

नयाँ थप गरिएका सात र पुराना पाँचसहित १२ युनिटमार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गरिरहेको जनाइएको छ । चौबिसै घण्टा सीमामा तैनाथ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने आवतजावतमा पूर्णरुपमा निगरानी गरी नियन्त्रण गर्ने जनाइएको छ ।भारतबाट आएका नेपालीमा कोरोनाको उच्च जोखिम भएकोले कोरोनाको संक्रमण नेपालमा नफैलाउनका ‘चेकप्वाइन्ट’ स्थापना गरिएको हो ।

प्रतिकृया