• २२ भदौ २०८३, सोमबार
  • १ः०० राती

सरकारले स्वास्थ्य स्वयंसेविकालाई १५ सय प्रोत्साहन भत्ता दिने

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०८:४६

 

National Life

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथामका लागि परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप एक पटकका लागि १५ सय रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य स्वयंसेविकाहरुलाई १५ सय प्रोत्साहन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो ।

Classic Tech Desktop

स्वयंसेविकाहरुलाई मानिसहरु क्वारेन्टाइनमा बसे र नबसेको हेर्ने लगायतका काममा परिचालन गरिने छ । सरकारले क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना नदेखिए घर जान दिने, तर थप सात दिनसम्म घरभित्रै बस्न आग्रह गरेको छ ।
सोमबार मन्त्रिपरिषद बैठकपछि ‘स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथाममा परिचालन गर्न, क्वारेन्टाइनमा नागरिकहरु बसे र नबसेको हेर्न र अरु स्वास्थ्य सेवाको काममा उत्प्रेरित गर्नका लागि एक पटकको लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहनस्वरुप दिने निर्णय भएको छ मन्त्री खतिवडाले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी अस्पतालका डाक्टरहरुलाई सरकारी डाक्टरसरह सेवा सुविधा दिने निर्णय समेत सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रतिकृया