• २१ भदौ २०८३, आइतबार
  • १२ः०२ दिउँसो

कोरोना भाइरसको लक्षण देखिए स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाइ खबर गर्नु : सूर्यविनायक

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०५:४५

भक्तपुर, सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस ( कोभिड १९) को कुनै लक्षण देखिएमा वा परामर्श लिनुपरेमा डा.सहितका दश जना स्वास्थ्यकर्मीको टिम निर्माण गरेको छ ।  शुक्रवार नगरपालिकाको बैठक बसी उक्त स्वास्थ्यकर्मीसहितको टिम निर्माण गरेको हो ।

National Life

नगरबासीलाई कोरोना भाइरस सम्बन्धी कुनै स्वास्थ्य समस्या देखिए आआफ्नो वडाभित्रको स्वास्थ्य चौकी वा नगरपालिकाले तोकिएका स्वास्थ्यकर्मीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्ने सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले सूर्यविनायक नगर अस्पताल दधिकोटका डा.निशा राइ, डा.अनन्त थापा, नगर स्वास्थ्य संयोजक, बसन्त चापाँगाई र सहसंयोजक विक्रम मगर रहेको स्वास्थ्य टिम निर्माण गरेको छ । त्यस्तै सिरुवाटार स्वास्थ्य चौकीका मदन राजथला, बालकोटका पुण्यप्रसाद काफ्ले, कटुञ्जेका स्वस्ती आचार्य, गुण्डूका मुकुन्दप्रसाद चौलागाई, सिपाडोलका उमेशचन्द्र धौवडेल, नङ्खेलका राजिव महतो चित्तापोलका राजेन्द्र फैंजु र नगर प्रहरी निरिक्षक विश्वराम नगरकोटी रहेको स्वास्थ्य टिम निर्माण गरेको हो ।

Classic Tech Desktop

बैठकले कोरोना भाइरसको लक्षण देखिएका व्यक्ति राख्नका १०० बेडको क्वारेन्टाइन निर्माणका लागि उपयुक्त स्थानको पहिचान गर्ने निर्णय गरेको छ ।  सूर्य्विनायक नगरपालिका अस्पताल, दधिकोटमा कोभिड १९ को आकस्मिक ब्यवस्थापनका लागि यस सम्वन्धी सुरक्षा सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । विदेशबाट विगत दुई हप्ता भित्र यस नगरपालिका क्षेत्र भित्र आएका नागरिकहरुको विवरण वडागत रुपमा संकलन गरिएको छ । यस्ता नागरिकहरुलाई घर भित्रै आइसोलेसनमा वसी स्वास्थ्य सतर्कताका लागि अनुरोध भएकोमा कोही कसैले अटेर गरी नियमको पालना नगरेको पाइएमा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिने बैठकले निर्णय गरेको छ ।

नेपाल सरकारले तोकेको अनिवार्य सेवाहरु वडा समितिले सुचारु गर्न व्यवस्था मिलाउने वडागत रुपमा घर परिवारको विवरण संकलन गरी भविश्यमा परिस्थिति कावु वाहिर गएको अवस्थामा नेपाली सेना (विरदल गण), नेपाल प्रहरी र नगरपालिकाको संयुक्त पहलमा घरदैलोसम्म नै खाद्य सामाग्रीहरु उपलब्ध गराउन संयन्त्र र वितरण प्रणाली बनाउने । वडागत रुपमा खाद्य तथा तरकारी जस्ता सामाग्रीहरुको पसल खोल्ने निश्चित समय तोक्ने, प्रत्येक पसलमा अनिवार्य रुपमा सावुन पानीले हात धुने ब्यवस्था मिलाउने र पसल धनीले समेत आवश्यक स्वास्थ्य सर्तकता अपनाउन प्रत्येक वडा समितिबाट अनुगमन गर्ने नगरपालिकाको बैठकले निर्णय गरेको हो ।

त्यस्तै आपूर्ति ब्यवस्थालाई सहज बनाउन आपूर्ति अनुगमन वडा समिति मार्फत गर्ने बैठकले निर्णय गरेको सापकोटाले जानकारी दिनुभयो । ईटा भटृा लगायत अन्य औद्योगिक तथा निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको विवरण वडागत रुपमा संकलन गर्ने र त्यस्ता मजदुरहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु अभाव भएमा वडाध्यक्षले सम्वन्धित उद्योग तथा निर्माण ब्यवसायी धनीसँग समन्वय गरी वितरण गर्ने ब्यवस्था मिलाउने ।

सुक्खा खोकी, उच्च ज्वरो र थकाई लाग्ने लक्षण देखिएमा आफ्नै घरमा आइसोलेसनमा बस्न वडागत रुपमा अनुरोध गर्ने । स्वास्थ्य अवस्था विग्रदो भएमा थप चेक जाँचका लागि नजिकको स्वास्थ्य संस्था वा वडा स्थित निर्वा्चित जनप्रतिनिधिलाई तत्काल खवर गरी सहयोग लिने बैठकको निर्णय छ ।  नगरपालिका र वडा समितिबाट नेपाल सरकारले घोषणा गरेको लक डाउनको पूर्ण पालना गराउन ब्यापक प्रचार प्रसार गर्ने गराउने र विश्व महामारी कोडिभ १९ फैलिन नदिन सबैले सहयोगको लागि नगरवासीमा आब्हान गरिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

 

प्रतिकृया