• 1:23 pm

‘लकडाउन’को तेस्रो दिन यस्तो देखियो भक्तपुर (फोटो फिचर)

प्रकाशित मिति

March 27, 2020

राजनीतिक बन्द जस्तो बाटोमा आउने रमिता हेर्नको लागि बन्दा गरेको होइन: डी.एस.पी कोइराला

भक्तपुर, विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमण विश्वका १९८ देशमा पुगेको छ । विश्वभरी माहामारी फैलिएको यो भाइरसले तीन नेपाली पनि संक्रमण भएका छन् । अन्य धेरै संक्रमणको अशंकामा सेल्फकोरेनटाइन तथा आइसोलेसनमा छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना मध्ये एक जना संक्रमणबाट मुक्त भइुसकेका छन् र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाका संक्रमण देखिन थालेपछि सरकारले चैत्र ११ विहान ६ बजे देखि नेपाल ‘लकडाउन’ को घोषणा गरेको थियो । नेपाल लकडाउनको तेस्रो दिन शुक्रबार भक्तपुर पनि सुनसान देखिएको छ ।
घर बहिर निस्केपछि नेपाल प्रहरीले सुझाईबुझाई गरि घर फिर्ता गरि रहेको देखिन्थ्यो भने कतिपय ठाउँहरुमा अटेर गर्नेलाई कारवाही गरेको पनि प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृतका प्रमुख डी.एस.पी. शान्तिराज कोइरालाका अनुसार ‘उल्लङ्घन गरिदिनु भएन आफ्नै लागि हो , एकजनामा रोग लाग्यो भने धेरै जनामा सर्ने सम्भावना हुन्छ । अनावश्यक चिया पसल खोल्ने , भट्टी खोल्ने , तास खेल्ने , जमघट गरिदिनु भएन । राजनीतिक बन्द जस्तो ५ बजे खुल्ने अनि बाटोमा आउने रमिता हेर्नको लागि बन्दा गरेको होइन, सबैलाई नियमको पालना गर्न अनुरोध छ । ’

भक्तपुरका केहि मुख्य स्थानहरु लोकन्थली, कौसलटार, गठ्ठाघर , सानोठिमी , सल्लाघारी सबै ठाउँमा हलचल प्रायःसुन्य जस्तो देखिएको छ।

‘लकडाउन’को तेस्रो दिन तस्बीरमा हेर्नुहोस्:

 

प्रतिकृया