ट्राफिक महाशाखाले फिल्डमा खट्टिएका ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण
प्रकाशित मिति
२०७६ चैत्र १४ गते, शुक्रबार ०६:५९
काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खट्टिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख ढकाल आफैँ फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गर्नुभएको हो ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताउनुभयो ।
‘कोरोनाको उच्च जोखिम मोलेरफ्रन्टलाइनमा दैनिक खट्टिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैँ सेनिटाइजर उत्पादनगरेको हो ।’ महाशाखाका प्रमुख ढकालले भन्नुभयो( ‘अहिले ३० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छौ र वितरण गर्छौँ ।’

महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगैमास्क पनि वितरण गरेको छ । यस्तो विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारद्धारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ ।



प्रतिकृया